Wed. Mar 12th, 2025

काठमाडाैं । ६ बैशाख – वलिउड स्टार इलियाना  डिक्रुज यतिबेला गर्भवति भएको खबरलार्इ यतिबेला भारतीय मिडियाहरूले महत्व दिन थालेका छन् । भारतीय मिडियाका अनुसार उनले पहिलो सन्तानको आशा गरिरहेकी छिन्। तर, उनी भने यस कुरामा अझै अमूक नै रहेकी छन्  ।

डिसेम्बर २०१७ मा इलियानाले सामाजिक सञ्जालमा आफ्नो क्रिसमश सेलिब्रेसनको एक फोटो शेयर गर्दै क्यापसनमा उनले एन्ड्रयुलाई प्रेमीको साटो पति भनेर सम्बोधन गरेकी थिइन्।  दुवैले अस्ट्रेलियामा गुपचुप विवाह गरेको भारतीय मिडियाहरूले जनाएका छन्।

त्यहीँबाट उनले विवाह गरेको खबर बाहिरिएको भए पनि  त्यस बारे पनि उनले केहि नबाेलि  ‘ मेरो प्रेम सम्बन्धको बारेको कुरा व्यक्तिगत हो। म यसलाई लुकाउन पनि चाहन्न, बताउन पनि चाहन्न।’ उनले भनिन्।

Leave a Reply