Thu. Apr 18th, 2024

काठमाडाैं । ६ बैशाख -भक्तपुरको सल्लाघारीमा सम्पन्न चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा आयोजना भएको उपत्यकाव्यापी खुल्ला नृत्य प्रतियोगिताको उपाधि सुशील तामाङले हात पारेका छन् ।
उनन्तीसजना प्रतिष्पर्धीलाई पछाडि पार्दै तामाङले रु २५ हजार, ट्रफी र प्रमाणपत्रसहितको सो उपाधि हात पारेका हुन् ।
प्रतियोगितामा अस्मिता पराजुली दोस्रो र रोजी लामा तेस्रो भएको मेलाका प्रेस संयोजक सोम शर्मा बजगाईंले जानकारी दिनुभयो । प्रतियोगितामा दोस्रो हुने पराजुलीलाई रु १५ हजार, तथा तेस्रो हुने लामालाई रु १० हजार सहितको ट्रफी र प्रमाणपत्रसहितको पुरस्कार प्रदान गरिएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विजयी प्रतियोगीलाई सो पुरस्कार प्रदान गर्नुभयो ।
त्यस्तै मेलामा आउने उपभोक्ताबाट संकलन गरिएको रु ८० हजार दुवै मिर्गाैला  काम नलाग्ने भई डायलोसिस गराइरहेका कुमार तामाङको उपचारका लागि सहयोग स्वरुप प्रदान गरिएको छ ।
मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महत, संयोजक दीपक थापा, सुनिल महर्जनले उक्त रकम मिर्गौला उपचारका लागि पीडित तामाङका छोरा सोनाम तामाङलाई हस्तान्तरण गर्नुभएको थियो ।
 
साभार : रासस
 

Leave a Reply

%d bloggers like this: