Sat. Apr 20th, 2024
काठमाडाैं । ४ बैशाख – नेपाली फिल्म ‘डमरुको डण्डीबियो’ एकै मिति बैशाख २१ गतेदेखि नेपालसँगै अष्ट्रेलियामा पनि रिलीज हुने भएको छ ।
 पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता बिताएको यूनिट‍ फिल्म यूनिट मोफसल टुरबाट हालै राजधानी फर्किएको छ । अबको प्रचार-प्रसार राजधानीमा नै केन्द्रित गर्ने गरी लेखक तथा अभिनेता खगेन्द्र लामिछाने सहितको टीम फर्किएको हो । प्रचारस्वरुप गत सातादेखि राजधानीका मूख्य-मूख्य मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा चलिरहेको छ ।
राष्ट्रिय खेलबाट समेत हटाइएको डण्डीबियो खेललाई फिल्ममा उठाइएको विषयले यतिबेला दर्शकको ध्यान तानिरहेको छ । डण्डीबियो पारखी एक युवाले उक्त खेललाई पुन: ब्यूँताउन गरेको संघर्षको कथा रहेको फिल्मको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।
समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको यस फिल्ममा अभिनय छ । याे फिल्म विनाेद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: