Fri. Apr 26th, 2024

अर्को हप्ता (चैत ३० गते) रिलिजको तयारीमा रहेको चलचित्र लिलिबिलीको प्रमोशनका क्रममा काठमाडौंमा अपूर्व सफलता मिलेको छ ।
हालसम्म कुनै पनि चलचित्रको प्रमोशनमा नदेखिएको ‘क्राउड’ लिलिबिलीको प्रमोशनमा बिहीबार साँझ देखियो । काठमाडौंको लगनखेलमा आयोजना गरिएको प्रमोशन कार्यक्रममा उपस्थित भएका चलचित्रका नायक प्रदीप खठ्का र जसिता गुरुङलाई हेर्न हजारौं मानिस सडकमा झुम्मिए ।
प्रदीपसँग फोटो खिचाउनेको तँछाडमछाड नै भएपछि प्रदीपलाई प्रहरीले सुरक्षा दिएको थियो । भीड बढेर अनियन्त्रित भएपछि प्रहरीले नायक प्रदीप र नायिका जसितालार्इ आफ्नै गाडीमा राखेर प्रहरी बिटमा पुर्याएर सुरक्षा दिएको थियो ।
मानव सागर उर्लिएपछि प्रमोशन कार्यक्रम निकै उत्साहजनक भएको निर्माता गोविन्द शाहीले जानकारी दिए ।
प्रमोशनल कार्यक्रममा नायक प्रदीप, नायिका जसिता गुरुङलगायत अन्य कलाकारहरु पनि सहभागी भएका थिए भने चलचित्र भन्दा बाहिरका कलाकारहरु पनि उपस्थित भएर दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
मिलन चाम्स निर्देशित लिलिबिली चलचित्रमा नायक प्रदीप, नायिका जसिता, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रमा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ।
चलचित्रले यसअघि माेफसलकाे प्रमाेशनल यात्रा सकेकाे छ भने जापानमा रेड कार्पेट प्रिमियर शाे सम्पन्न गरेकाे छ ।

Leave a Reply

%d bloggers like this: