Fri. Apr 26th, 2024

‘चलचित्र’ ब्ल्याकको गीत रिलिज भएको छ । नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको जोडी बनाइएको ‘ब्ल्याक’ फिल्मको नयाँ गीत आइतबार काठमाडौंमा एक औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो । चलचित्रको आकाश र आँचलको अभिनय रहेको पलपल हरपल’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।
सुगम पोखरेलले स्वर दिएको गीतमा महेश खड्काको सङ्गीत छ भने डा.कविराज बान्तवाको शब्द छ । गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।
प्रदीप श्रेष्ठको निर्देशन र आश्मा पाण्डेको निर्माण रहेको चलचित्र ‘ब्ल्याक’को यसअघि एउटा गीत सार्वजनिक भइसकेको छ । त्यस्तै सो चलचित्रका पोस्टरहरु पनि सार्वजनिक भइसकेका छन् ।
मौनता श्रेष्ठले लेखेको एक्सन लभस्टोरी चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन छ । चलचित्र आगामी जेठ ११ मा रिलिज गर्ने समय तोकिएको छ ।

Leave a Reply

%d bloggers like this: