Fri. Apr 26th, 2024

यही चैत ३० गते अल नेपाल रिलिजको तयारीमा रहेको बहुप्रतिक्षीत चलचित्र लिलिबिलीले प्रचारका क्रममा निकै उत्साह पाएको छ ।
चलचित्रका नायक प्रदीप खड्का, नायिका जसिता गुरुङसहितको टीमले अहिले देशब्यापी प्रमोशनको कार्यक्रम जारी रहँदा आम दर्शकबाट राम्रो प्रतिक्रिया पाएको हो ।
नायक नायिकासहितको टोली प्रमोशन टुरमा गएपछि यसको प्रभाव निकै बढेको चलचित्र निर्माण युनिटले जनाएको छ ।
चितवनबाट पूर्व लागेको फिल्म युनिटले दमक, धरान र बिर्तामोडमा कन्सर्टसमेत गरेको छ । युवापुस्ता माझ राम्रो क्रेज बनाएका प्रदीपकै कारण दर्शकको भिड लागेको थियो । नायक प्रदीपसँगै नायिका जसिता, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल प्रमोशन यात्रामा गएका थिए । निर्देशक मिलन चाम्सले अब काठमाडौं उपत्यका केन्द्रित प्रमोशन हुने बताएका छन् ।
चलचित्रमा प्रदीप र जसिताका साथै प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । काफिया फिल्म्स, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायांकन छ ।

Leave a Reply

%d bloggers like this: