Fri. Mar 29th, 2024

आगामी फागुन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ब्लाइण्ड रक्स’को पहिलो शीर्ष गीत रिलिज भएको छ । अहिलेसम्म सो चलचित्रले अन्य कुनै पनि प्रचार सामग्री सार्वजनिक गरेको छैन ।
रिलिजको मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्ममा समावेश ‘उड्यो मन’ बोलको गीत रिलिज गरेको हो । गीतमा लिड अभिनेत्री वेनिशा हमाल फिचरिङमा छिन् ।
ब्लाइण्ड गर्ल श्रृष्टि केसीको यथार्थ जीवनकथामा बनेको बायोपिक फिल्मको सार्वजनिक गीतमा बानिका प्रधानले स्वर दिएकी छन् । हरि लम्सालले संगीत भरेका छन् ।
दुर्घटनामा दृष्टि गुमाएकी सृष्टिको बायोपिक फिल्ममा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । अभिनेत्री वेनिशाले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् ।
लन्डन प्रदर्शनपछि निकेश लिम्बु निर्मित फिल्म फागुन (मार्च २) मा नेपाल रिलिज हुन लागेको हो । नेपाल रिलिजअघि फिल्मको हङकङ प्रदर्शन हुनेछ ।
एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा बनेको फिल्मलाई लिएर निर्माण युनिट माघको पहिलो साताबाट देशव्यापी प्रचार ‘टुर’मा निस्किने तयारीमा रहेको छ ।

Leave a Reply

%d bloggers like this: