Tue. Apr 16th, 2024

शुक्रबार देशैभर एकैपटक रिलिज भएको नेपाली फिल्म ‘मिस्टर झोले’ ले राम्रो सुरुवात गरेको छ । शुक्रबार मध्यान्नपछिका सबै शोका लागि टिकट बुकिङ भइसकेको छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।
चलचित्र हेर्न उपस्थित भएका कलाकार एवम् संचारकर्मीहरुले चलचित्रका संवाद तथा स्थानीय दृष्य मन लोभ्याउने खालका भएको प्रतिक्रिया दिए । देशका विभिन्न हलहरुबाट पनि राम्रो कलेक्शन भएको जानकारी प्राप्त भएको फिल्मको निर्माण पक्षले जानकारी दिएको छ ।
शुक्रबार बिहान भएको प्रेस शोबाट पनि मिस्टर झोलेले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । प्रेस शोमा अभिनेता दयाहाङ राई, दिया पुन, सन्जोग कोइराला, कमलमणि नेपाल, बेनुका राई, मेनुका प्रधानलगायतका कलाकारका साथै निर्माता एवम् पत्रकारहरु उपस्थित थिए ।
सिनेमा आर्ट्स र टेकेन खड्का प्रोडक्सनको संयुक्त प्रस्तुती फिल्ममा दयाहाङ राई, दिया पुन, बर्षा राउत, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: