Mon. Dec 11th, 2023

दयाहाङ राइ र बर्षा राउत स्टारर फिल्म ‘मिस्टर झोले’को ट्रेलर रिलिज भएको छ । पौष २८ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको फिल्मको निर्माण टिमले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर रिलिज गर्यो ।ट्रेलरमा कलाकार वृद्धि तामाङ नायिका वर्षा राउतको प्रेममा चुर्लुम्म डुबेका छन् भने नायक दयाहाङ राई नायिका दीया पुनका लागि अरुसँग लडाइँ गरिरहेका छन् । सार्वजनिक ट्रेलरमा प्रेम, कमेडी र द्वन्द्वको समिश्रण छ । लिड कलाकार दया र बर्षासँगै दीया पुनः, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, प्रविण खतिवडा, कमलमणी नेपाल लगायतलाई ट्रेलरमा फिचर गरिएको छ । फिल्ममा निरु खड्का, लक्ष्मी बर्देवा, सरोज अर्याल, माओत्से गुरुङ पुष्कर गुरुङ पनि अभिनयमा छन् ।

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । कालिप्रसाद बाँस्कोटाले संगीत भरेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । कथा पनि रामबाबुको नै हो ।
https://www.youtube.com/watch?v=FR31qha1las

Leave a Reply

%d bloggers like this: