Fri. Mar 29th, 2024
मानिस पर्दामा जतिसुकै खुसि देखियोस् तर ब्यक्तीगत लाईफ भने सर्बसाधरणको जस्तो हुन्छ त्यस्तै नै हुन्छ सेलिब्रेटीको पनि । दुख सुख होसो खुसी अनि मिलन त कहिले बिछोड। नायिका रीमा विश्वकर्मा २०७२ साल असोज १० गते  रोबर्ट विश्वकर्मासँग विवाह बन्धनमा बाँधिइन् । रोबर्ट यूकेमा बसोबास गर्ने भएका कारण रीमा पनि विवाह पश्चात प्रायः श्रीमानलाई भेट गर्न पुगिरहेकी हुन्थिन् । केही वर्षको सुमधुर सम्बन्धपछि अन्ततः यो जोडीको डिभोर्स भएको छ । तर, यसविषयमा कुनै पनि औपचारिक जानकारी भने प्राप्त भएको छैन । रीमासँग डिभोर्स गरेपछि मोरङकी वर्षा रसाइलीसँग रोबर्टले इन्गेजमेन्ट गरेका छन्, जुन तश्वीर यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भएको छ ।
बैबाहिक जीवनमा बाँधिएपछि फेसबुक र इन्स्टाग्राममा रीमाले श्रीमानसँगका तश्वीर दैनिकजसो नै अपलोड गर्ने गर्थिन् तर पछिल्लो केही महिनायता उनको फेसबुक होस् वा इन्स्टा काहिं पनि रोबर्टसँगका तश्वीर भेटिन्नन् । बरु उनले विवाहका तश्वीरहरु समेत फेसबुक र इन्स्टाग्रामबाट डिलिट गरिसकेकी छिन् । रीमा म्यूजिक भिडियोसँगै एपीवानले सञ्चालन गरेको ‘नेपाल आइडल’मा व्यस्त भएपछि उनको श्रीमानसँग सम्बन्ध चिसिँदै गएको स्रोत बताउँछ । खबरअनुसार, यी दुईले आपसी सहमतीमै केही हप्ता अगाडि डिभोर्स गरिसकेका छन् ।स्रोतका अनुसार रिमा र रोर्बटको करिब १ बर्ष अघि देखी सुरु भएको आन्तरिक मनमुटाबले यो परिस्थिती सृजना भएको हो ।

Leave a Reply

%d bloggers like this: