Fri. Apr 19th, 2024

नेपाली फिल्म बजारमा फेरी एउटा चलचित्रले  रेकर्ड कायम गरेको छ l निर्देशक राम बाबु गुरुङ निर्देशित फिल्म “मिस्टर झोले” को ट्रेलर रिलिज भएको ८ घण्टा मै युट्युब ट्रेदिंग को नम्बर वानमा पर्न सफल भएको छ l दर्शकले अत्याधिक मन पराएको उक्त ट्रेलर सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज गरिएको थियो l

चलचित्र कबड्डी ,कबड्डी कबड्डी जस्ता हिट फिल्म निर्माण गरिसकेका निर्देशक गुरुङ को “मिस्टर झोले” बिगतका मुभी भन्दा अझ उत्कृस्ट रहेको अनुमान दर्शकले गरेका छन् l पौष २८ लाई सार्वजनिक प्रदर्शन मिति तय गरेको फिल्मको लिड कलाकार दया र बर्षासँगै दीया पुनः, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, प्रविण खतिवडा, कमलमणी नेपाल लगायतलाई ट्रेलरमा फिचर गरिएको छ । फिल्ममा निरु खड्का, लक्ष्मी बर्देवा, सरोज अर्याल, माओत्से गुरुङ पुष्कर गुरुङ पनि अभिनयमा छन् ।फिल्मको प्रदर्शन मिति पौष २८ लाई पक्का गरिएको छ l
https://www.youtube.com/watch?v=FR31qha1las&t=2s
 

Leave a Reply

%d bloggers like this: