Wed. Apr 24th, 2024
 फिल्म ‘हुर्रे’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ठेकीमा दही’ बोलको गीतमा नायिका केकी अधिकारीले आफूभन्दा तीन दशक बढि उमेरका राजाराम पौडेलसँग ठुम्का लगाएकी छिन् । गीतको भिडियो केकी र राजारामसँगै अर्का मुख्य अभिनेता अंकित खड्कालाई फिचर गरिएको छ ।सार्वजनिक गीतमा राजनराज शिवाकोटी र  मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । विक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन् ।यम थापाको लेखन निर्देशनमा बनेको फिल्ममा अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि अभिनय छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=jBlLCZRgb-s

Leave a Reply

%d bloggers like this: