Thu. Apr 25th, 2024

डेब्यू फिल्मबाटै सम्भावना बोकेको नायकको रुपमा हेरिएको सलिनमानले हालैमा अनलाइन कपडा पसल सुरु गरेका छन् ।  उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषको लागि ब्रान्डेड कपडाहरु पाइन्छ । ए मेरो हजुर २’ बाट नेपाली रजतपटमा भित्रिएका चकलेटी नायक सलिनमान बनियाँ अहिले चलचित्रका लागि गुमनाम छन् । प्रत्येक नायक आफ्नो डेब्यू फिल्म हिट भएपछि निकै व्यस्त रहने गर्छन् तर सलिनमान भने त्यसको ठिक उल्टोपो देखिए । ’ए मेरो हजुर २’ रिलिजपछि उनको फिल्म धमाधम आउनु पर्नेमा उनको त कतै चर्चा सुनिएकै छैन ।उनले ‘बनमनिया’ नामक अनलाइन कपडा पसल संचालनमा ल्याएका हुन् । सलिनमानले सुरु गरेको अनलाइन सपिङ पसलमा पुरुषका लागि ब्रान्डेड कपडाहरु पाइने सलिम स्वयम बताउटछन् ।

सलिनले महिलाभन्दा पुरुषले पाउने कपडाहरु पाउन मुश्किल भएका कारण आफूले अनलाइन कपडा पसल सञ्चालन गरेको बताए । उनले भने, ’पुरुषको पहिरनलाई मध्येनजर गर्दै ‘बनमनिया’ सञ्चालनमा ल्याएको हुँ । यहाँ अन्यको तुलनामा महंगो अवश्य पर्छ तर, क्वालिटीमा कम्परमाइज हुने छैन ।’ सलिनको पसलमा इन्स्टाग्राम र फेसबुकमा Banmania बाट कपडा अर्डर गर्न सकिनेछ ।
’ए मेरो हजुर २’ पछि लाखौं पारिश्रमिकसहित फिल्मको अफर अस्वीकार गर्दै आइरहेका सलिनमानलाई अनलाइन कपडा पसलले कति सफलता दिनेछ त्यो भने भोलीको दिनले छर्लङ पर्ला तर उनलाई तत्काल पर्दामा फर्किएको हेर्न चाहने दर्शकको भिड भने राम्रै छ । यही भिडले उनको ब्यबसायमा टेको थप्न सक्ने सम्भावना भने कायमै छ।

Leave a Reply

%d bloggers like this: