Tue. Apr 23rd, 2024
 केही वर्ष अगाडि यूनिसेफको एक कार्यक्रममा भाग लिन चर्चित नायक आमिर खान नेपाल आएका थिए । यस्तै, नायक अक्षय कुमार, शाहरुख खान, नायिका द्वय सन्नी लियोनी, सुस्मिता सेन लगायतले पनि नेपाल भ्रमण गरिसकेका छन् । चाँडै बलिउडका सुपरस्टार सलमान खान पनि नेपाल आउने चर्चा छ ।
यसैबीच बलिउडका चर्चित अभिनेता निल नितिन मुकेश काठमाडौं आएका छन् । ३ दिने नेपाल भ्रमणमा रहेका मुकेश शुक्रवार दिउँसो करीब ४ बजे त्रिभुवन विमानस्थनमा उत्रिएका थिए । क्रिएटो ए टु जेटले शनिवार दरवारमार्गको क्लब देजाभुमा आयोजना गर्न लागेको ‘ब्याटल अफ डिजेस्’ मा सहभागी हुन उनी पहिलो पटक नेपाल आएका हुन् ।  ३ दिने नेपाल बसाइँमा उनीले राजधानी वरिपरी घुम्ने कार्यक्रम छ ।
उनले ‘जेल’, ‘न्युर्योक’, ‘प्लेयर्स्’, ‘प्रेम रतन धन पायो’ ‘सात खुन माफ’ र ‘तेरा क्या होगा जोनी’ लगायत दजैनौँ फिल्ममा अभिनय गरेका छन् । हाल सम्पादनमा रहेको ‘इन्दु सरकार ड’ मा उनी सञ्जय गान्धीको भूमिकामा देखिँदै छन् ।

Leave a Reply

%d bloggers like this: