Fri. Apr 26th, 2024
प्रदीप खड्का अभिनित फिल्म ‘लिलिबिली’ को रिलिज डेट फाइनल भएको छ । छायांकन भैरहेको फिल्म ‘लिलिबिली’ नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शन गरिने पक्का गरिएको हो । वैशाख १४ लाई रिलिज मिति तय गरेको लिलीबिली दुई हप्ता अगाडि आएको छ ।‘मौसम र प्राविधिक कारणले फिल्म नसकिएला कि भन्ने थियो त्यही भएर वैशाख १४ लाई रिलिज मिति अप्सनमा राखेका थियौं । तर,  फिल्मले  ६० % शुटिंग सकिसकेकोले फिल्म यही वर्ष आउने निधो गरिएको छ  स्टकल्यान्डमा धमाधम सुटिङ भइरहेको निर्माता तथा फिल्म वितरक गोबिन्द शाहीले जानकारी दिएका छन् ।
मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, र अनुपविक्रम शाही मुख्य भूमिका छन् । काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्म गोविन्दसंगै सुदिप खड्का र निर्देशक चाम्सले पनि लगानीमा सहकार्य छन् ।

Leave a Reply

%d bloggers like this: