Thu. Mar 28th, 2024
 ‘छड्के’ मार्फत् निर्देशनमा डेब्यु गरेका निगम श्रेष्ठको दोस्रो फिल्म ‘लालपुर्जा’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मितेरी’ बोलको गीतमा सौगात मल्ल, विपिन कार्की, मेनुका प्रधान, मिरुना मगर लगायतका कलाकारहरु प्रस्तुत छन् । जसोन कुँवरको शब्द तथा संगीत रहेको गीतमा अन्जान बाबु सुवेदी, सुम्निमा सिंह, संगीता चौलागाई, पुष्प पलान्चोके र संगीतकार स्वयंमकै स्वर छ ।फिल्म ‘लालपुर्जा’मा हरिहर शर्मा, कामेश्वर चौरासिया, कमलमणी नेपाल, अनिल पाण्डे लगायतका कलाकारहरु पनि अभिनय छ ।
मिस्टिक ड्रामा भनिएको ‘लालपुर्जा’ मा दुई दाजुभाइको लालपुर्जाकै कारण उत्पन्न द्वन्द्वलाई देखाउन खोजिएको छ ।लेखक कुमार नगरकोटी र नायिका सृष्टि श्रेष्ठ पनि फिल्ममा विशेष भूमिकामा देखिनेछन् । पटकथा भने सुजित बिडारीले तयार पारेका हुन् ।  नरेन्द्र मैनाली फिल्मका छायाँकार हुन् । नेगेटिभ बुद्धको व्यानरमा निर्मित फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, बिक्रमसिंह थारु र उमेश श्रेष्ठको लगानी छ । गीतसँगै फिल्मलाई माघ ४ गतेबाट देशैभर प्रदर्शन गर्ने फिल्म निर्माण टीमले औपचारिक घोषणा गरेको छ ।
https://www.youtube.com/watch?v=uhcyyZm-eu4

Leave a Reply

%d bloggers like this: