Thu. Apr 25th, 2024
 फिल्म ‘बटरफ्लाई’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएको छ । ट्रेलरमा नायक आर्यन अधिकारीका दुई रुप देख्न सकिन्छ । ‘म गाउँदिन अब गीत’ बोलको गीतले फिल्मको हाइप बनाउँदै गर्दा ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष विश्वस्त छ ।
‘के म तिम्रो होइन र’ बाट नेपाली रजतपटमा भित्रिएका सिक्स प्याक नायक आर्यनको यो दोस्रो फिल्म हो । हाल उनी आफ्नो नयाँ फिल्म ‘बाँध मायाले’ नामक फिल्ममा नायिका सृष्टि श्रेष्ठसँग रोमान्स गरिरहेका छन् । पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ‘बटरफ्लाई’लाई सुरेश बज्रचार्यले खिचेका हुन् ।
पुष्पान्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति छन् । यो फिल्मका निर्देशक ओमप्रतिक गुरुङ हुन् । फिल्ममा प्रियंका र आर्यनका अलावा अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरविर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=lndqrFCvWeA

Leave a Reply

%d bloggers like this: