Fri. Mar 29th, 2024
 नायक सुशील श्रेष्ठ चाँडै नयाँ फिल्ममा देखिने भएका छन् । सौरभ चौधरीले निर्देशन गर्ने फिल्म ‘लभ डायरिज’मा उनी लभ व्वाई बन्न लागेका हुन् । यो फिल्मका लागि सुशीलले आफ्नो कपाल निकै बढाएका छन् । ‘लभ डायरिज’मा सुशीलसँगै रुबिना थापा, विश्वजित रिमाल, बिष्णु सापकोटा लगायतका कलाकारलाई अनुवन्धित गरिएको छ ।
लामो समयदेखि फिल्म सम्पादनको काम गरिरहेका साहिल खानले यो फिल्ममा ‘एसोसियट डाइरेक्टर’को भूमिका निर्वाह गर्नेछन् । साथै, फिल्ममा साहिल र मिलन श्रेष्ठको सम्पादन समेत रहनेछ । ‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण हुने लभस्टोरी फिल्ममा विनोद सापकोटाको निर्माण र बीबी ढकालको सह-निर्माण रहने छ ।
चुनाव सकिए लगतै छायांकनमा जाने यो फिल्ममा सञ्जय लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहने छ । नेपालमा निर्माण हुने अधिकांश फिल्महरुको घोषणा एक कार्यक्रमका बीच गरिने गरिन्छ । तर, ‘लभ डायरिज’ले भने पहिलो पटक भिडियोद्वारा फिल्म घोषणा गर्‍यो ।
https://www.youtube.com/watch?v=AdMckVVD6vI

Leave a Reply

%d bloggers like this: