Thu. Apr 25th, 2024
केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा रिचा शर्माले ‘छक्का पन्जा’ हेर्ने दर्शक ‘मूर्ख हुन’ भन्ने खालको अभिव्यक्ति दिइन भन्ने समाचार बाहिर आए पछि कलाकार दीपकराज गिरी र दीपश्री निरौला आक्रोशित भएका थिए ।
कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्द्रै ऋचाको यो भनाईप्रति चोटिलो प्रहार गरेका थिए  ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्…” ‘गेट वेल सुन’ । 
यो स्टाटस निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीले पनि शेयर गर्दै ऋचाको भनाइप्रति आपत्ति जनाएका थिए । त्यसैको जवाफमा नायिका रिचा शर्माले आफ्नो फेसबुक स्टाटसमा लामो प्रतिक्रिया लेखेकी छन् l के रै छ त रिचा को कडा प्रतिक्रिया

Reecha Sunkesari Sharma

1 hr

म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ ।मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिसाको विषयलाई हास्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्। सिनेमामा आफूलाई मन लागेको देखाउँन पाइन्छ तर त्यसप्रति बिभिन्न धारणा आउँछन्, तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरु आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरु एउटा गिलासभित्र हुन्छन् । दर्शकहरु नै हुन्, जस्ले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन्, कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।
म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिँसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्र्तक्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ । तपाईहरु भिडियो पनि हेर्न सक्नुहुन्छ। सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरुन्।मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ ।
र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो ।
सर्जक सधैँ महान हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनु पर्छ ।
र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरह्न्छु।
धन्यबाद ।

Leave a Reply

%d bloggers like this: