Thu. Mar 28th, 2024

लण्डनमा फिल्म ह्यापि डेजको भव्य ग्राण्ड प्रिमियर सम्पन्न भएको छ । निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ह्यापी डेजको लण्डनको प्रिन्सेस हल, अल्डरशटमा ग्राण्ड प्रिमियर सम्पन्न भएको हो । लण्डनमा भएको ग्राण्ड प्रिमियरमा मिलन चाम्स, प्रदिप खड्का, प्रियंका कार्की लगायतको टिम उपस्थित भएका थिए । ह्यापि डेजको प्रिमियरमा पाँच सय भन्दा बढि नेपाली तथा विदेशी दर्शकहरुको साथ रहेको फिल्मका निर्देशक मिलन चाम्सले बताएका छन् । यस्तै लिलिबिलीको छायांकनको लागि लण्डन पुगेका स्टार प्रदिपले पनि फिल्म राम्रो भएको र लण्डनमा नेपाली कलाकारलाई भव्य स्वागत गरिएको बताईएको छ ।
लण्डन सिने आई र चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा वि पि खनाल, भवानी शर्मा, हरि जोशी र मिलन चाम्स निर्माताका रुपमा रहेका छन् । नरेश भट्टराई, दिनेश राउत र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा कविराज गहतराजको नृत्य तथा सम्रात बस्नेतको द्धन्द देख्न सकिन्छ । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, विकी जोशी, जेनिहा लिम्बु लगायतको मूख्य भुमिका रहेको छ । फिल्ममा दियान पुनको केमियो रहेको छ । फिल्म को प्रिमियर हेरिसकेपछि सबै दर्शकहरुले फिल्म राम्रो भएको प्रतिक्रिया दिईएको बताईएको छ । फिल्मका टिम लिलिबिलीको छायांकन सकाएर नेपाल फर्कनेछ ।

Leave a Reply

%d bloggers like this: