Fri. Mar 29th, 2024

अहिलेको समयमा एकदमै चर्चित बनेका नायक प्रदिप खड्का नयाँ फिल्म लिलिबिलीमा व्यस्त छन् । केही समय पहिला भब्य रुपमा फिल्मको निर्माण घोषणा गरिएको थियो । अब नायक प्रदीप खड्का र नायिका प्रियंका कार्कीले एकसाथ स्क्रिन सेयर गर्ने भएका छन् । मिलन चाम्सले निर्देशन गर्ने ‘लिलिबिली’ मा प्रियंका हालै पक्का भएकी हुन् । यस फिल्मका लागि सुरुमा नव नायिका रेविका गुरुङ पक्का भएकी थिइन् । तर अन्तिम समयमा आएर उनको भिसा सँगै स्वास्थ्यमा समस्या आएपछि फिल्ममा प्रियंका ‘ईन’ भएकी हुन् ।
फिल्ममा अर्की नव नायिका जसिता गुरुङ पनि प्रदीपको अपोजिटमा रहनेछिन् । युकेका बिभिन्न स्थानमा छायाँकन हुने फिल्मको यसै सातादेखि छायाँकन सुरु हुने निर्माता तथा वितरक गोविन्द शाहीले जानकारी दिए । यतिबेला निर्देशक चाम्स, प्रदीप र प्रियंका ‘ह्याप्पी डेज’ प्रिमियरका लागि युकेमै छन् । बिग बजेट फिल्म ‘लिलिबिलि’ को तामझामका साथ घोषणा गरिएको थियो ।  चल्तीका यी दुई स्टारको कति जम्ला त जोडी ?

Leave a Reply

%d bloggers like this: