Thu. Mar 28th, 2024

राजपूत समुदायको भावनामाथी खेलवाड पुर्याउँदै तथा इतिहास बङ्ग्याउने काम फिल्ममा गरेको भन्दै वलिउड फिल्म ‘पद्मावती’ रिलिज रोक्ने विषयमा भारतमा चौतर्फी विवाद बढेको छ । सत्तारुण दल भारतिय जनता पार्टीदेखि विभिन्न समुदायबाट यो फिल्मको रिलिज रोक्न दबाब बढ्दै जाँदा पछिल्लो पटक निर्देशक सञ्जयलिला भंसालीको शीर नै छेदन गरेर ल्याउनेलाई इनाम घोषणा गरिएको छ ।
राजपूत समुदायका एक नेताले भंसालीको शिर आफ्नो सामु ल्याउनेलाई ५ करोड पुरस्कार दिने घोषणा गरेको वलिउड अनलाइन भास्करले लेखेको छ । जुनकुराले यतिबेला वलिउडमा तहल्का मच्चाएको छ । तर निर्देशक भंसाली भने आफुले इतिहास बिगार्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै आएका छन् ।
फिल्ममा रणविर सिंह राजपूत समुदायका खिलजी बनेका छन् जुन भुमिका नै फिल्ममा ल्याउँदा वास्तविकताबाट बाहिर देखाउन खोजिएको दाबी राजपूत समुदायको छ । रानी पद्मावतीले कहिल्यै खिलजीलाई नभेटेको भन्दै फिल्ममा यो कुरालाई गलत रुपमा प्रयोग गरिएको समेत दाबी छ ।यो फिल्ममा रणविरसँगै दीपिका पादुकोण र शाहिद कपुर लिड अभिनयमा छन् । दीपिका फिल्ममा शाहिदको श्रीमतीको भुमिकामा छिन् ।

Leave a Reply

%d bloggers like this: