Thu. Mar 28th, 2024
पछिल्लो समय युट्युबको महत्व बढ्दै गएको छ । अहिले युट्युब गीत र फिल्मलाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । पछिल्लो समय नेपालमा युट्युबको प्रभाव र प्रयोग राम्रैसँग भएको छ ।
पहिले मुश्किलले कुनै नेपाली गीतले लाख दर्शक पाउँथ्यो भने अहिले लाख पटक हेरिनु सामान्य बनेको छ । अहिले त  केही गीत करोड पटक पनि हेरिएका छन् । फिल्म ‘दुई रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’लाई एक-दुई करोड होइन तीन करोड पटक हेरिएको छ । संभवतः यो रेकर्ड तोड्न अब नेपाली फिल्मका गीतलाई असंभव छ ।
असिम शाहको निर्देशनमा तयार भएको यो फिल्मको लोक लयमा आधारित गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वरमा राजनराजलाई मेलिना राई र राजन ईशानले साथ दिएका छन् ।
यसअघि राजनराजकै संगीतमा बनेको ‘सुर्के थैली खै’ र ‘पूर्वपश्चिम रेल’ गीतले युट्युबमा करोड भ्युज पाइसकेका छन् । यी तीनवटै गीतका एरेन्जर राजन ईशान हुन्। ‘कुटुमा कुटु’सँगै राजनराजले युट्युबमा करोड भ्यू पाउन सफल गीतमा ह्याट्रिक मारेका छन् ।
 https://www.youtube.com/watch?v=VwIWfvW3SD8

Leave a Reply

%d bloggers like this: