Thu. Apr 25th, 2024
काठमाण्डौमा सोमवार पत्रकार सम्मेलनमार्फत सन् २०१८ को फ्रेवुअरीको दोश्रो हप्ता दक्षिण कोरियाको राजधानी सियोलमा पहिलो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड’ आयोजना गर्न लागिएको विषयमा जानकारी दिइयो । दक्षिण कोरियामा पहिलो पटक नेपाली फिल्मको अवार्ड आयोजना हुने भएको छ ।
यो अवार्डलाई गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, कोरिया (एनआरएनए कोरिया) र बक्स अफिस ग्रुप प्रा..लि.ले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी संगिक्षा फिल्मस्ले पाएको छ । संगिक्षा फिल्मस्का प्रमुख मनोज केसीले आफूहरुलाई दिइएको जिम्मेवारी आफ्नो टिमले कुशलतापूर्वक निर्वाहा गर्ने बताए ।
आयोजकले सन् २०१७ को जनवरी १ देखि डिसेम्बरसम्म रिलिज भएका नेपाली चलचित्रलाई अवार्डमा सहभागिताका लागि दर्ता प्रक्रियामा सहभागी हुन आह्वान पनि गरेको छ । कुल २० विधामा अवार्ड प्रदान गरिने आयोजक संस्था बक्स अफिस ग्रुपका जीएम बाबुराम लुइटेलले जानकारी दिए ।
पूर्व सांसद मोहन राइले अवार्डको लोगो अनावरण गरेका थिए । यस्तै, निर्देशक मिलन चाम्स, नायिका पूजा शर्मा, नायक हसनराजा खान र गायक यूवराज चौलागाइले संयुक्त रुपमा अवार्ड घोषणाको उद्घाटन गरेका थिए । अवार्ड समारोहमा चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै योगदान पु¥याउने एक जना श्रष्टालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिनेछ ।
चलचित्र, निर्देशक, नायक, नायिका, सह–अभिनेता, सह–अभिनेत्री, नव–अभिनेता, नव–अभिनेत्री, नव–निर्देशक, खलपात्र, हाँस्य कलाकार, लेखन, पाश्र्व गायक, संगीतकार, गीतकार, छायांकार, सम्पादक, कोरियोग्राफर र द्धन्द्ध निर्देशक गरि २० विधामा अवार्ड वितरण गरिनेछ । बक्स अफिस ग्रुपका निर्देशक यज्ञराज सेडाइले अवार्डलाई भव्य र सव्य रुपमा आयोजना गर्ने बताए ।

Leave a Reply

%d bloggers like this: