Fri. Apr 26th, 2024
निखिल उप्रेतीको डेब्यू फिल्म’पिंजडा’ को नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ‘यता पनि छैन उता पनि छैन’ बोलको गीत सार्वजनिक गरियो ।
लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । भिडियोमा निखिल र साराको केमेष्ट्री भने सुहाएको छ । निखिल र साराले यसअघि ‘रुद्र’ फिल्ममा एकसाथ काम गरेका थिए ।
कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले सार्वजनिक गीतमा निकै कष्टसँग नृत्य गरेको सुनाए । नायिका साराले निखिल उप्रेतीसँग दोस्रो पटक काम गर्न पाउँदा खुशी महशुस गरेको बताइन् । यस्तै, फिल्मका निर्देशक हिमाल केसीले ‘पिंजडा व्याक अगेन’ एक दशक अगाडि प्रदर्शनमा आएको ‘पिंजडा’को सिक्वेल नभएको बताए । उनले भने, ‘विल्कुलै नयाँ कथावस्तुमा ‘पिंजडा व्याक अगेन’ निर्माण गरेका छौं । ‘पिंजडा’सँग यो फिल्मको कुनैपनि कनेक्सन छैन । एक्सनमा हामीले केही नयाँ प्रयोग गर्ने प्रयास गरेका छौं ।’
यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।
https://www.youtube.com/watch?v=3CqCP-iBeAY

Leave a Reply

%d bloggers like this: