Fri. Mar 29th, 2024

“परिवर्तनका संवाहक युवाका लागि युवा” भन्ने मूल नाराका साथ् यहि १६ अक्टुवरमा एन आर एन को चुनाब  हुन गइ रहेको छ l गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालका लागि अष्ट्रेलिया निवासी स्वतन्त्रप्रताप शाहले ग्लोबल युथ कोअर्डिनेटर (युवा संयोजक)मा उम्मेद्वारी दिएका छन्। एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष भई तीन कार्यकाल काम गरिसकेका शाहले आगामी कार्यकालका लागि युवाको नेतृत्व गर्ने, युवाहरु मिलेर नै दोश्रो पुस्ताका प्रवासी नेपालीको निम्ति नयाँ भिजन अघि ल्याउने अठोट समेत व्यक्त गरे।
युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको वताउने शाह विश्वभरका नेपाली युवा शिपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको सहकार्यबाट देशको विकासमा योगदान दिने योजना आफुले तयार पारेको बताए।
‘वास्तवमा एनआरएनलाई युवा ऊर्जाको खाँचो छ। यो ऊर्जालाई सही रूपमा परिचालन गर्न नसक्ने हो भने दोश्रो र तेश्रो पुस्ताका नेपालीहरु यो संस्थाप्रति आकर्षित हुन सक्दैनन्’, उनले भने।
विश्वमै छरिएर रहेका नेपाली मूलका युवाहरुलाई नेपालको निम्ति केही गर्नुपर्छ भन्ने भावना जगाउनको लागि पनि आफ्नो उम्मेद्वारीले थप सहयोग पुग्ने उनको तर्क छ।चलचित्र “फेसबुक” र “मेरो भ्यालेंन टाइन” जस्ता फिल्ममा मुख्य भूमिकामा आफुलाई प्रस्तुत गरिसकेका स्वतन्त्र प्रताप शाह अष्ट्रेलियाको क्वीन्सल्याण्ड निवासी नेपाल पर्यटन बोर्डका क्वीन्सल्याण्ड प्रतिनिधि हुन्।

Leave a Reply

%d bloggers like this: