Thu. Apr 25th, 2024

यो बर्षको बहुप्रतिक्षित चलचित्र मध्यको एक हो मिलन चाम्सद्वारा निर्देशित “हेप्पी डेज” । चलचित्रको सम्पूर्ण छायांकन सक्किसकेको छ भने यति बेला चलचित्रको पोस्ट प्रोडक्सन र सम्पादनको काम भईरहेको छ । चलचित्रको प्रदर्शन मितिको भने कुनै टुंगो छैन । तर निर्माण पक्षको अनुसार चलचित्र यहि बर्ष नै प्रदर्शनमा आउने छ । यो चलचित्रको दर्शकहरुलाई अधिक नै प्रतिक्षा छ । चलचित्रको ९५ % भन्दा बढी छायांकन युके, स्कटल्याण्ड लगाएतका ठाउँहरुमा भएको छ । चलचित्रको दृष्यांकन र प्रस्तुतिले चलचित्रलाई अझै बढो रोचक बनाएको छ ।
युवा पुस्ताको कथामा आधारित रहेर चलचित्र निर्माण भएको छ । अहिलेको युवाको बेरोजगारी र विदेशको मोह अनि पैसा कमाउन र भविष्य बनाउन गर्नुपर्ने संगर्ष चलचित्रमा चित्रण गरिएको छ । चलचित्रको गीत संगीत निकै बलियो पक्ष रहेको कुरा समेत उनले बताए । चाम्स इन्टरटेनमेन्टको तेस्रो प्रस्तुति रहेको चलचित्र “हेप्पी डेज” का निर्माता तर्फ भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स रहेका छन् । त्यस्तै बिपी खनाल भने चलचित्रका प्रस्तोता रहेका छन्।

चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ।नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहने चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ।यस्तै राम कुमार केसी र कोल्लिन पिककको छायांकन रहेको यस चलचित्रमा गिरीराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् । चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ
दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्देशक मिलन चाम्सले ब्यक्त गरेका छन् । उनि निर्देशित चलचित्र “वीर विक्रम” गत बर्षको ब्लकबस्टर चलचित्र साबित भएको थियो । यति बेला मिलन चाम्स नया चलचित्र “लिलिबिली” को छायांकनको तयारीमा ब्यस्त रहेका छन् जुन तिहार लगतै सुरु हुदैछ । यस्तै उनिद्वारा निर्देशित “ब्लाईनड रक्स” र “बोबी” पनि प्रदर्शनको लागि तयारी अवस्थामा नै रहेको छ ।
click on video to watch:

Leave a Reply

%d bloggers like this: