Sat. Apr 20th, 2024
 फिल्म ‘प्रेमगीत २’ ले बाढीबाट प्रभावित भएका सर्लाहीका जनताका लागि राहत रकमसँगै खाद्यान्न सामग्री हस्तान्तण गरेको छ । फिल्मका नायक प्रदीप खड्का, नायिका अश्लेषा ठकुरी र निर्माता सन्तोष सेनले संयूक्त रुपमा बिहीवार सर्लाहीको रामपुर युनाईटेड युवा क्लबलाई नगद ४ लाख र ४ लाख बराबरको खाद्य सामग्री हस्तान्तरण गर्‍यो ।
क्लबका अध्यक्ष भेष बहादुर पुलमीलाई ‘प्रेमगीत २’ टिमले सहयोग हस्तान्तरण गरेको हो । निर्माता सन्तोष सेन आवश्यक अध्यन र अनुसन्धान गरि सर्लाही जिल्लाका बाढीबाट अति प्रभावित गाउँका जनताहरुलाई राहत सामाग्री र आर्थिक सहयोग गरने बताए । उनले  ‘ शुक्रवार सर्लाहीको मानपुर गाउँमा  आफैँ गएर राहत वितरण गरेको जानकारी गराएका छन्  । क्लबमार्फत हिजो  नगद ४ लाख र खाद्यन्न ४ गरि ८ लाख बराबरको सहयोग हस्तान्तरण गरेको जानकारी दिएका छन्  ।

Leave a Reply

%d bloggers like this: