चलचित्र ‘ए मेरो हजुर २’को ट्रेलर र संगीत पक्ष बलियो, रिलिज मिति नजिकिदै गर्दा दर्शकहरु उत्साहित

चलचित्र ‘ए मेरो हजुर २’ भदौ १६  गतेदेखि देशभर रिलिज हुँदैछ। दुई दशक भन्दा लामो समय अभिनयमा विताएकी नायिका  झरना थापाले  यहि फिल्म मार्फत निर्देशनमा हात हालेकी छिन्। ‘ए मेरो हजुर २’ लाई लिएर बजारमा चर्चा ब्यापक छ। यसका गीत र ट्रेलरहरुलाई युटूबमा खुबै रुचाईएको छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्मका निर्माता सुनिल कुमार थापा हुन्  भने यस फिल्मलाई काफिया फिल्म्स प्रा.लि.का सी. इ. ओ.  गोबिन्द शाही ले वितरण  गर्ने भएका छन् ।
ए मेरो हजुर २ को पोस्टर रिलिज  देखि होस् या गाना र प्रोमो आउट गर्दा देखि होस् फिल्मको चर्चा परिचर्चा एकदमै भएको छ फिल्मको गित र ट्रेलर नहेर्ने मान्छे सायद कमै होला अहिले नेपालि फिल्म बजार ए मेरो हजुर २ माय बनेको छ कलाकारहरु फिल्म रिलिज अगावै दर्शकको मन मुटुमा बस्न सफल भएका छन् माथिका यिनै तथ्य बाट फिल्म ए मेरो हजुर-२ निर्माण टिम ,फिल्म वितरक र हल संचालकहरु देखि फिल्म उद्योगनै फिल्मले राम्रो बिजनेस गर्नेमा आशाबादी रहेका छन्।
फिल्मको ट्रेलर हेरेर दर्शकहरु उत्साहित छन् ट्रेलरले सबैको मन छोएको छ। ट्रेलरलाई यूटुबमा  धेरैपटक हेरिएको छ। यसको संगित पक्ष पनि निकै बलियो छ।  फिल्मको सबै पक्ष हेर्दा यो फिल्मले दर्शकहरुको मन जित्छ भन्न सकिन्छ। फिल्मको ट्रेलर र संगीत पक्ष हेर्दा फिल्म सुपरहिट हुन्छ भन्नेमा दुईमत छैन्।फिल्म युनिटले हाल फिल्मको प्रचारप्रसार ब्यापक बनाएको छ। रिलिज मिति नजिकिदै गर्दा दर्शकहरु पनि उत्साहित छन्।

Leave a Reply