Thu. Apr 25th, 2024

हेमराज वीसी  निर्देशित फिल्म ‘ ग्याङ्गस्टर ब्लूज’ शुक्रवारबाट देशभरका हलहरुमा प्रदर्शन भैरहेको छ ।९० प्रतिशत अकुपेन्सी ओगटेको उक्त फिल्मले सिंगल र मल्टिप्लेक्स हलहरुमा दर्शक तान्न सफल भएको छ। दर्शकहरु द्वारा  फिल्मको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक, गीत संगीतलाई एकदमै  रुचाइएको छ । ग्याङस्टारको कथामा बनेको यो फिल्ममा विशेषगरि, अभिनेत्री आना शर्मा र अभिनेता आशिरमानको प्रेम देखाइएको छ । प्रेमले निम्त्याएको ग्याङस्टार अवतारमा यो फिल्म बनेको छ ।फिल्मका मुख्य कलाकार आशिरमान देशराज श्रेष्ठ र आना शर्माको केमेष्ट्रीले पनि राम्रो प्रशंसा पाएको छ । यस्तै, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी लगायतका कलाकारहरुको पनि कामको तारिफ दर्शकले गरेका छन् ।
निर्देशक हेम राज बि सी ले यो भन्दा पहिला होस्टेल ,गाजलु जस्ता हिट फिल्म दिसकेका छन लभ स्टोरी कथामा छुट्टै किसिमको प्रस्तुति दिन सफल निर्देशकको रुपमा आफुलाई स्थापित गराएका छन्   लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक  वीसीले निर्देशन गरेको नयाँ फिल्म ‘ग्याङ्गस्टर ब्लूज’का कार्यकारी निर्माता मनिष पण्डित हुन् भने फिल्ममा सरोज न्यौपाने र स्वयम्  हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: