Fri. Apr 26th, 2024

कुनै पनि चलचित्रले राम्रो व्यापार गर्नुका साथै त्यसले केही नै केही प्रभाव पारेको हुन्छ भन्ने जलन्त उदाहरण हो ‘प्रेमगीत-२’ यहि शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत- २’ ले हिजो सोमबार सम्म आइपुग्दा ३ करोड १५ लाख भन्दा माथिको ब्यापार गर्न सफल भएको फिल्मले  आज मंगलबार आएर ३ करोड ८० लाख को ब्यापार गर्यो  । यो ब्यापार यस श्रावण १३ अघि प्रदर्शन भएका अन्य चलचित्रहरुको व्यापार भन्दा माथिको ब्यापार हो ।
रामशरण पाठकको निर्देशन र आशुसेन फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ हो । यस चलचित्रमा नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीको अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्रलाई आम दर्शकले रुचाउनुका साथै सकारात्मक प्रतिकृया दिएका छन ।
चलचित्र ‘प्रेम गित २’ का नायक प्रदीप खड्का ‘प्रेम’ र ‘प्रेम गित-२’ बाट चलचित्र क्षेत्रमा भर्खरै प्रवेश गरेकी नवनायिका अश्लेषा ठकुरी ‘गीत’ बीचको प्रेमकथा लाई देखाउन खोजिएको यस चलचित्रलाई दर्शकले उत्कृष्ट भन्नुका साथै राम्रो प्रतिक्रिया पनि दिएका छन् ।नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’ र विभिन्न रमणीय ठाउँलाई चलचित्रमा उतारिएको छ ।सन्तोष सेनले निर्माण गरेको उत्त चलचित्रमा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ ।

Leave a Reply

%d bloggers like this: