Fri. Apr 19th, 2024

 
 राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक पूर्णेन्द्रकुमार झाले फिल्म ‘संरक्षण’ले हाल देशका घटिरहेको घट्नालाई उठाएको बताए । उनले भने, ‘पावर, पोलिटिक्स, पुलिस, प्रेस र पव्लिक । पावरका लागि मानिसले पोलिटिक्स गर्छ र पोलिटिक्सले चाँहि पुलिस र प्रेसलाई आफ्नो सुविधा अनुसार प्रयोग गर्छ । तर, त्यो पोलिटिक्सले यदी पुलिस र प्रेसलाई गलत तरिकाबाट प्रयोग गरिदियो भने त्यसको असर पव्लिकलाई पर्छ । फिल्मले यही विषय उठान गरेको छ ।
 
उनले अगाडि थप्दै भने,’संरक्षण मधेश केन्द्रित फिल्म होइन । फिल्ममा हिमाल, तराई पहाड सबैको मिश्रण छ, कलाकारदेखि कथावस्तुमा पनि । यो कुनै मधेशको लागि होइन पूरा नेपालका लागि ‘संरक्षण’ निर्माण भएको हो ।’ उनले फिल्ममा धेरै कलाकार भएपनि कसैको पनि भूमिका कमजोर नभएको बताए ।
नायक सौगात मल्लले आफ्नो भूमिकाको विषयमा बताउँदै भने, ‘मैले फिल्ममा डिएसपी थारुको भूमिका निर्वाहा गरेको छु । ‘संरक्षण’ले देशको समस्या बोकेको छ । झण्डै ४ वर्षदेखि फिल्मको विषयमा हाम्रो कुराकानी भैरहेको थियो । मलाई स्क्रिप्ट चित्त बुझेका कारण नै काम गरेको हुँ ।’ उनले पहिलो पटक निखिल उप्रेतीसँग काम गर्न पाउँदा खुशी महशुस गरेको बताए ।
 
यस्तै, नायिका अशिष्मा नकर्मीले फिल्मले ५ वटा ‘पी’ लाई समाबेश गरेको छ । ‘पावर, पोलिटिक्स, पुलिस, प्रेस र पव्लिक । मैले पव्लिकबाट प्रतिनिधित्व गरेको छु । पव्लिकले यो प्रेस, पोलिटिक्सबाट के चाहन्छ र पव्लिकको पावर कति हुन्छ यी सबै कुरा फिल्ममा देखाइएको छ । मैले पाएको भूमिका न्यायपूर्वक निर्वाहा गर्न सकेँ जस्तो लाग्छ ।’, उनले भनिन् ।
 फिल्मका अर्का मुख्य कलाकार प्रमोद अग्रहरीले फिल्ममा सौगात र आफ्नो ड्रामा दर्शकहरुले हेर्न पाउने बताए । उनले भने, ‘म फिल्ममा चित्रकब्राको भूमिकामा छु, जो मधेशको नेताको साइट ह्यान्ड हो ।’
 
 फिल्मलाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन छ ।निखिल उप्रेती र सौगात मल्ल अभिनित फिल्म ‘संरक्षण’ साउन २७ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ । मधेशको कथा बोकेको फिल्म ‘संरक्षण’लाई पूर्णेन्द्रकुमार झाले निर्देशन गरेका हुन् । फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: