Fri. Apr 26th, 2024

काठमान्डू,६ साउन   ,  रंग सारथीद्वरा प्रस्तुत नाट्यकर्मी बिजय बिष्फोटको निर्देशनमा तयार भएको  लघु चलचित्र “सामान” को प्रदर्शन अब विद्यार्थी भाइ बहिनिहरुको लागि फ्लोरमा जादै छ l स्कुल कलेजलाई लक्षित गरि निर्माण गरिएको उक्त चलचित्र सामाजिक शिक्षा विषयसंग सम्बन्धित रहेकोले मानव अधिकार र बैदेशिक रोजगारीको बिषयलाइ उठान गरि लघु चलचित्र “सामान” निर्माण गरिएको हो l देशका सम्पूर्ण जिल्लाहरुमा पुर्याउने लक्ष्यका साथ् काठमान्डू जिल्लाको मण्डीखाटार अवस्थित काष्ठमण्डप विद्यालयबाट स्कुल/ कलेजमा “सामान”को देश व्यापी प्रदर्शन यात्रा शुरु भएको छ l
खाडी लगायतका अन्य मुलुकहरुबाट प्राय हरेक दिन नेपाल ल्याइने कफिनहरु र बिदेशी भुमिदेखी नेपाल ल्याउने सम्मको कानुनि ,प्रसासकिय प्रक्रिया विश्व मानव अधिकारको प्रचलित अभि सन्धि भित्र आजको मिति सम्म संयुक्त राष्ट्र संघबाट  समेत सम्बोधन हुन नसक्नु र यस तर्फ नेपाल लगायतका अन्य देशका  सरकारहरु समेत गम्भीर हुन नसक्नु बिडम्बना नै हो विभिन्न कारणबस मृत्यु भै  एक ठाउँ बाट अर्को ठाउमा कार्गोबाट पुर्याइने शब् बक्स र त्येस भित्र रहेको मृत मानव शरीरलाइ कुनै वस्तु सरह  कार्गो कम्पनि .एयरलाइन्सहरुले आफ्नो ढुवानी बस्तु सूचीमा राख्ने गरेको छ l
उल्लेखित बिषयलाई समेटेर तयार गरिएको चलचित्र सामान निर्माणको मुख्य उद्देश्य  ओझेलमा रहेको बिषयलाई राष्ट्र संघ मानव अधिकार वादी संघ सस्था तथा नेपाल सरकार र अन्य देशका सरकार हरुको गम्भीर ध्यान आकर्षण गराई त्यसलाई सम्बोधन को प्रयास गर्ने र त्यस भित्र रहेका समस्या  चुनौती बारे नया विश्व ब्यापी  बहस शुरु गराउने हो l   यो प्रयासले कुन हदसम्मको र कहिले सम्म मानविय उचित सम्बोधन पाउछ सामान टिम आशाबादी रहेको छ l
चलचित्र “सामान”का कलाकारहरुमा यस बी शाही , ज्योति राइ  शंकर मैनाली ,  रोहानी लामा, दिलिप खड्का ,राज भट्टराई ,सरस्वति अधिकारी. नरेश भुर्तेल .सरिता शाह .कृष्ण शर्मा .कमल गीरी  आदि रहेका छन् l   कार्यकारी निर्मातामा कुमार राज शर्मा रहेका छन् भने फिल्मको कथा/पटकथा  स्वयम् निर्देशक बिजय बिष्फोट कै रहेको छ l

Leave a Reply

%d bloggers like this: