Thu. Apr 25th, 2024

यस वर्षको प्रतिक्षित फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिए लगतै ट्रेलर ले कीर्तिमानी कायम गरेको छ। एकदिनमा ५ लाख भन्दा बढी भिअर्स कलेक्सन गर्ने यो पहिलो नेपाली फिल्म रहेको छ ।दर्शकहरुले अत्याधिक रुचाएका  गीतले  फिल्मको बजार अलरेडी तातिसकेको छ फिल्मले राम्रो ब्यापार गर्नेमा कुनै दुबिदा रहेको छैन ,  मेरो हजुर-२’ को सार्वजनिक ट्रेलरले सलिनमान र साम्राज्ञी बिचको प्रेम र बिछोडको कथा बोल्छ । फिल्ममा सलिन र साम्राज्ञीको केमेष्ट्री गज्जबकै देखिन्छ । ‘ए मेरो हजुर-२’ को कसम हो बोलको गीतबाटै सलिनमान युवापुस्तामाझ परिचित अनुहार बनिसकेका छन् । ट्रेलरमा उनले गरेको कामको पनि अहिले तारिफ भैरहेको छ । झरना थापाले फिल्म निर्देशनमा डेब्यू गरेको ‘ए मेरो हजुर-२’ मा सलिन र साम्राज्ञीका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।  फिल्म भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको छ ।

Leave a Reply

%d bloggers like this: