Thu. Mar 28th, 2024

भदौ १६ गतेबाट अलनेपाल रिलिज हुन लागेको  फिल्म ‘ए मेरो हजुर-२’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले विशेषत साम्राज्ञी र नव-नायक सलिनमान बाँनिया बिचको प्रेम र विछोडको कथा बोल्छ । नायिका झरना थापाको निर्देशन रहेको यस फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायिका तथा निर्देशक झरना थापाले ‘ए मेरो हजुर-२’ निकै मिहिनेत गरेर निर्माण गरेको बताइन् । फिल्म छायांकनको दिन सम्झँदै उनले भनिन्, ‘तिलिचो तालमा छायांकन गर्दाको दिन निकै दर्दनाक थिएँ । त्यो दिन सम्झँदा अझै पनि मुटु काप्छ । माइनस १० डिग्री सेल्सियस चिसोमा फिल्मको छायांकन गरेका थियौं । कसैलाई केही त हुने होइन भन्ने डरले रातभरी निन्द्रा पर्दैन थियो । तर, प्राविधिक, कलाकार सम्पूर्णको साथले फिल्म ‘ए मेरो हजुर-२’ निर्माण हुन सफल भएको छ । हामीले गरेको मिहिनेतबाट के आश छ भने फिल्म राम्रो बनेको छ र दर्शकहरुले भरपूर मनोरञ्जन लिनुहुनेछ ।’
‘कसम हो’ र ‘किनीदेउ न साइला दाई’ बोलको गीतबाट नै प्रतिक्षित बनेको फिल्मको ट्रेलरमा मेकिङ उच्च देखिन्छ । यस्तै, लोकेशन पनि लोभलाग्दो छ । ट्रेलरमा प्रेमजोडी बनेका सलिन र साम्राज्ञीको केमेष्ट्री पनि गज्जबको देखिन्छ ।< फिल्मका नायक सलिनमान बाँनिया र सलोन बस्नेतले ‘ए मेरो हजुर-२’ राम्रो फिल्म बनेको बताए । यस्तै, नायिका साम्राज्ञी भने ‘ए मेरो हजुर-२’ लाई दर्शकहरुले रुचाउनेमा विश्वस्त देखिन्थिइन् । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेना लेखेका हुन्। फिल्मलाई सन्जय लामाले खिचेका छन्। बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्। https://www.youtube.com/watch?v=xnLTRLz61CA&t=3s

Leave a Reply

%d bloggers like this: