Sat. Apr 20th, 2024

आउँदो ६ साउनमा प्रदर्शन हुन लागेको नेपाली चलचित्र ‘डा. खाते’मा तारा थापा (किम्भे)को सम्पादन रहेको छ । सयौं फिल्म सम्पादन गरिसकेका थापा ‘डा. खाते’ चलचित्रबाट आफू पूर्ण रुपमा सन्तुष्ट रहेको बताउँछन् ।
चलचित्र ‘डा. खाते’ व्यवसायिक चलचित्र नभएर चेतनामूलक कथावस्तुलाई लिएर बनाइएको हो । चलचित्रमा ४ जना खाते बच्चाको नै अभिनय समावेश गरिएको छ । चलचित्रमा उनीहरुसँगै सम्राट सापकोटा र रोशनी केसीको पनि अभिनय रहेको छ ।
चलचित्र ‘डा खाते’मा सचिन सिंहको संगीत, गायक योगेश्वर अमात्यको स्वर, कास्टिंग डाइरेक्टर डब्बु क्षेत्री, लेखन जगदीश्वर थापा, निर्माता रोशनी केसी र निर्देशक रवीराज अर्याल रहेका छन् । ।

Leave a Reply

%d bloggers like this: