Wed. Apr 24th, 2024

लेखक: मनोरंजन मल्ल ठकुरी
चलचित्र भनेको ढाईघण्टाको पुर्ण मनोरञ्जन लिने उपाय हो । यस बाट पुरा मौलिक शिक्षा लिने सोचमा हलसम्म पुग्नु भनेको आफै हांसोको पात्र बन्नु हो । चलचित्र मुख्यतया लेखक र निर्देशकको कल्पना बाट निर्मित हुन्छ । यो आफैमा एउटा प्रयोग हो । प्रयोग कुन हद सम्म सफल हुन्छ या हुदैन त्यो समयको जिम्मा हो ।
चलचित्र मन बाट हेर्ने हो¸ आंखाले जुन जुन दृश्य देखाउछ त्यसलाई मन बाट हेरेर मष्तिश्क बाट विचार गर्ने हो । समिक्षकको आंखा बाट चलचित्र हेर्नु भनेको आफु परजिवि बन्नु मात्र हो । प्रचुर मात्रामा विदेशि चलचित्रको हालिमुहाली रहेको हाम्रो देशमा हिम्मत गरेर चलचित्रमा पैशा खन्याउनु भनेको निर्माताको साहस हो । यो एउटा ब्यापार पनि हो जहा केहि नाफाको आशमा निर्माताले पैशा लगानि गरेको हुन्छ ।
यहि उद्योगमा आफ्ना अघिल्ला दुई चलचित्रले आर्थिक रुपमा नोक्सानि ब्यहोरे पनि पुनः हिम्मत गरेर अर्को नया चलचित्र लिएर आउदै छन निर्माता सन्तोष सेन । यो उनको सनकपन हैन¸ यो उन्को नेपाली चलचित्र प्रति लगाव र समर्पण हो । उनले जसरी एउटा राम्रो चलचित्र बनाउनका लागी दिल खोलेर लगानी गरेका छन¸ त्यो धन न त उनलाई चिठ्ठामा परेको हो न त उन्को सम्पति अपुतालिमा परेको हो । दर्शकलाई राम्रो उपहार दिने सोचमा उन्ले लगानी गरेका हुन । नाफाको आश त सबैलाई हुन्छ । उन्ले चलिचत्र दर्शक र उद्योगको लागि बनाएका हुन समिक्षक को लागि हैन ।
गुलाफको फुल संसारभर प्रसिद्ध छ तर गुलाफ सबैलाई मन नपर्न पनि सक्छ । के यसो भन्दैमा कसैले आफ्नो बगैचामा गुलाफको फुल नै नरोप्नु रु उन्को यो चलिचत्रको कथा सुन्ने मौका मिलेको थियो मलाई¸ सारै सरल र उत्कृष्ट लयमा बगेको कथा छ । नेपालको निकै रमणिय रारा आशपास र थाईल्याण्डरबर्मा को कथा पनि समेटेको यो चलचित्र राम्रो बन्ने कुरामा म पुर्ण विश्वस्त छु । यस फिल्मको केहि म्युजिक भिडियो र ट्रेलर हालै को दिनमा रिलिज गरियो जुन निकै उत्कृष्ट बनेको छ¸दश लाख भन्दा बढि ले यो भिडियो हेर्नु यस्को उत्कृष्टताको प्रमाण हो । पुराना कहलिएका निर्माताहरु लगानि गर्न धक मानेर चुप लागेर बसेको अबस्थामा कत्ति पनि हिम्मत नहारीकन राम्रो सिनेमाको लागि लगानि गर्नु सेनको हिम्मत हो र उन्को यो हिम्मतलाई हामिले हौशला दिनै पर्दछ । विल्कुल नया अनुहार र नया निर्देशकको विश्वासमा पैशा खन्याउनु चानचुने कुरा हैन । प्रदिप खड्का अघिल्लो चलचित्र बाट यसमा दोहोरियका हुन¸ उन्ले अघिल्लो चलिचत्रमा प्रस्तुति देखाईसके तर योग्यता अझै प्रमाणित भएको छैन तर यस्मा देखिनेछ उन्को योग्यता । अश्लेषा ठकुरी विल्कुल नया अनुहार हुन तर उन्ले पनि यस चलचित्रमा आफ्नो कौशल पक्कै पनि प्रस्तुत गरेकि छिन । होला कहि कतै चुक हुन सक्ला तर हिरा भनेको हिरा नै हो । हिराको सेवनबाट मृत्यु हुन्छ भन्दैमा हिरालाई निम्नकोटिको पत्थर भनेर भन्न मिल्दैन । अघिल्लो चलचित्र लेखेका लेखक रामशरण पाठक यस पटक निर्देशकका रुपमा आएका छन । नया निर्देशक भनेर उन्लाई पनि कम आक्न मिल्दैन । उन्मा क्षमता छ¸उन्ले लेखेको कथालाई सहि मानेमा उनैले मात्र सहि तरिकाले चलचित्रमा चित्रान्तरण गर्न सक्दछन । नया भनेर कसैलाई पनि अबमुल्यन गर्न हुदैन ।सुरुवाति अबस्था मा नै कुनै ब्यक्तिको क्षमतामा प्रश्न चिन्ह खडा गर्न मिल्दैन । यो देश झिलमिल भएको पनि नया मान्छे कै करामत हो । करोडौ को लगानी मा बनेको चलचित्रलाई हामिले २०० रुपैया को टिकट काटेर हेर्दैमा हामि गलत हुदैनौ ।

देशको समृद्धीको आधार बन्न सक्छ चलचित्र उद्योग¸ हजारौ को रोजगारीको थलो बन्न सक्दछ चलचित्र उद्योग र दरिलो आर्थिक मेरुदण्ड बन्न सक्दछ चलचित्र उद्योग । यसको लागि हामिले चलचित्रमा लगानि गर्नेहरुलाई हिम्मत दिनै पर्दछ । चलचित्रको प्रचार प्रसारमा पनि आसुसेन फिल्म निकै जोडतोडका साथमा लागेको छ । कभर संग कम्पिटिशनमा जम्मा भएका भिडियोहरु पनि यस्को विश्वसनियताको उदाहरण हो । चलचित्र एउटा बजार हो¸ बजार सधै स्थिर हुदैन तर यसो भन्दैमा हामिले एउटा उत्कृष्ट चलचित्रलाई नजरअन्दाज पनि गर्न हुदैन ।यो एउटा उद्योग हो¸यसमा लगानि गर्नेहरु सबै मिल्नु नै पर्दछ¸ यो उद्योग सफल रहेमात्र फिल्मकर्मिहरु बाच्न सक्दछन र फिल्मकर्मिहरुलाई बचाउने जिम्मा हामि दर्शक को पनि हो । आफनै माटोको सुगन्ध बोकेको छ यो चलचित्र प्रेमगीत २ ले । म कुनै प्रतिफलको लोभमा यस्को बयान गरिरहेको छैन¸ राम्रो र नराम्रो छुट्याउने जिम्मा दर्शकको हो र चलचित्र नै नहेरिकन दर्शकको रुपमा समिक्षा गर्न पनि हुदैन ।

म नितान्त रुपमा नेपाली चलचित्रको दर्शकको रुपमा भन्दछु कि यो चलचित्र प्रेमगीत-२ निकै नै हेर्न लाएकको चलचित्र बनेको छ । यसको पुरा टिम संग केहि समय विताएको आधारमा¸ यो टिमले गरेको मेहेनतका आधारमा¸ कार्यशालामा भाग लिएको आधारमा म पुन यो कुरा भन्दछु कि श्रावण १३ मा रिलिज मिति तय गरेको यो चलचित्र हेर्नै पर्दछ । हामि यहाका दर्शक हौ र यो चलचित्र हाम्रै लागी बनेको हो । कमि कमजोरी त अरबौ को लगानीमा बनेको हलिउडका चलचित्रमा पनि हुने गर्दछ । त्यसकारण नेपाली चलचित्रलाई माया गरेर आफ्नै नजर बाट यो प्रेमगीत-२ हेरिदिनुस न कि समिक्षक को नजर बाट ।
हार्दिक बधाई तथा सफलताको शुभकामना सन्तोष सेन र चलिचत्र प्रेमगीत-२ लाई । प्रतिक्षा छ श्रावण १३ को।।
– यो लेख लेखकको आफ्नो व्यक्तिगत विचार हो

Leave a Reply

%d bloggers like this: