Fri. Mar 29th, 2024

चलचित्र ‘सायद २’ आजबाट प्रर्दशनमा आएको छ । अपेक्षा अनुरुप नै चलचित्रले उत्साहजनक सुरुवात गरेको छ । चलचित्र उपत्यका र उपत्यका बाहिर गरेर ७० भन्दा बढी हलमा प्रर्दशन भईरहेको छ । चलचित्र हेरेर हल बाहिर निस्किए पछि सम्पूर्ण दर्शकको मुखमा एउटै डाईलग थियो ‘मायाको छोरा’ । यसैबाट पनि चलचित्र टिम सफल भएको मान्न सकिन्छ । दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेका पनि भोलि शनिबार र अन्य दिनमा दर्शकको उपस्थिति थप हुनेमा निर्माता सुनिल रावल ढुक्क छन् ।
नेपाली फिल्मको व्यापार हेर्ने हो भने एउटा चल्दा मख्ख परेपनि त्यसपछि फेरि निराश हुनुपर्ने अवस्था छ । एउटा फिल्मले करोडौं व्यापार गर्दा मख्ख हुने नेपाली फिल्मीकर्मी त्यसपछि फेरि सुनसान हुने गरेका छन् । यसवर्ष नेपाली फिल्ममा दर्शकको खडेरी लागेको अवस्थामा २०६९ सालमा प्रदर्शनमा आएको फिल्म ‘सायद’को नेम सिक्वेल ‘सायद २’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । गीतसंगीत र ट्रेलरबाटै प्रतिक्षित बनेको फिल्म ‘सायद २’ ले प्रदर्शनको पहिलो दिन बम्पर ओपनिङ गरेको छ ।लव ,रोमान्स र एक्शनले भरिएको फिल्म दर्शकको रोजाईमा परेको हो । ‘राजधानीका मल्टिप्लेक्सदेखि सिंगल सबैतिर फिल्म हाउसफूल छ’, निर्माता सुनिल रावल भन्छन्, ‘राजधानी बाहिर पोखरा, चितवन, धनगडी, नेपालगञ्ज लगायतका ६०  भन्दा बढी ठाउँहरुमा पनि फिल्म हाउसफूल भएको जानकारी प्राप्त भएको छ ।’ उनका अनुसार, ‘सायद’को साख ‘सायद २’ ले बचाएको छ ।
यसको पहिलो भागलाई पनि युवापुस्ताका दर्शकहरुले निकै रुचाएका थिए । फिल्ममा सुशील श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुङ्गाना, कुशल पाण्डे तथा निर्माता सुनिल रावलको समेत अभिनय छ । दर्शकले कलाकारहरुको अभिनयको तारिफ गरेका छन् । अमृत ढुङ्गानाको अभिनयको त झन् तारिफको सिमानै छैन । फिल्ममा सुनिलसँग ईश्वर श्रेष्ठ र सुवास लामिछाने निर्माणमा सहकार्य गरेका छन् । हेमदेव गौतम र कृष्ण प्रधान पनि सह–निर्माताको रुपमा छन् ।  फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।
 

Leave a Reply

%d bloggers like this: