Thu. Apr 25th, 2024

चलचित्र ‘प्रेमगीत २’ले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको…’माथि कभर गीत प्रतिस्पर्धा आह्वान गरिएको थियो ।विश्वभरीबाट आएका थुप्रै कभर भिडियो मध्येबाट जम्मा उत्कृष्ट २ सय ५० कभर गीतहरु छनौट गरेको छ । अब यी मध्येबाट पनि सर्वोत्कृष्ट मात्र २ वटा भिडियो छानिनेछ । साथै छानिएको २ सय ५० भिडियोहरु विहिबार नै युट्युवमा पोष्ट भइसकेका छन् ।
निर्माता कम्पनी आशुसेन फिल्मसका अनुसार भदौ दोस्रो साता यी भिडियो मध्येबाट उत्कृष्ट १५ हुँदै सर्वोत्कृष्ट दुई घोषित हुनेछन् । महिला र पुरुषद्धारा निर्देशित सर्वोत्कृष्ट भिडियोले जनही एक–एक लाख नगद र ब्यानरको आउँदो फिल्ममा पाश्र्वगायन मौका पाउनेछन् ।
भदौ पहिलो साता भ्यूजको आधारमा उत्कृष्ट पन्ध्र घोषित गरिनेछ । यीमध्ये पाँचजना प्रतिभालाई वाइल्ड कार्ड प्रणालीमार्फत सीधै उक्त राउन्डका लागि समावेश गरिने भएको छ । ‘हामीलाई नेपालसहित विदेशबाट निकै स्तरिय कभर गीत प्राप्त भएका छन्’ निर्माता एवं अभिनेता सन्तोष सेनले भने, ‘यो हाम्रा लागि उत्साहप्रद पक्ष हो र गायनप्रति युवा क्रेज सुखद छ ।’

साउन  १३ गते सिनेमा प्रेमगीत २ रिलिज हुँदैछ । यसैसाता देशव्यापी सांगीतिक दौडाहा सकेको फिल्मले युवा पुस्तालाई पाश्र्वगायनमा मौका दिन प्रतिस्पर्धा आह्वान गरेको हो । देशभक्ति प्रेमकथा बोकेको सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौड्याल लगायतको मुख्य भूमिका रहेको सिनेमा नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको छ ।

Leave a Reply

%d bloggers like this: