Thu. Mar 28th, 2024

आँखालाई शितलता प्रदान गर्ने दृश्यांश अनि कलाकारको मिठो जुगलबन्दी । चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’को  सार्वजनिक भएको गीतमा आना र आशिरमानको केमेष्ट्रीले सबैको मन लोभ्याउछ ।गीत सुन्दा जति मिठो छ, हेर्दा पनि उत्तिकै मज्जाको छ ।
कालीप्रसाद बाँसकोटाको संगीतमा रहेको यस गीतमा आवाज बाँसकोटा स्वयंको छ भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । गीतका शब्दहरु सबिन एकतारेले सृजना गरेका हुन् । भदौ २ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यस सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका छन् । सिनेमालाई सरोज न्यौपानेले बनाएका हुन् ।
प्रि पोडक्सनदेखि नै निकै वर्कआउट गरिएको यस सिनेमाको लागि नै भनेर नायक नायिका आना शर्मा र आशिरमान देशराजले जिम, डान्स र अभिनयको बिशेष तालिम पनि लिएका थिए । सिनेमामा आना र आशिरमानका अलावा नरेश पौडेल, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी, रामबाबु गुरुङ्ग, अरुणा कार्की, अनुपम शर्मा, सुबास थापा लगायतको मुख्य भूमिका रहेको छ ।

 

Leave a Reply

%d bloggers like this: