Fri. Mar 29th, 2024
सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मका नायक प्रदीप खड्का उर्फ ‘प्रेम’ र अश्लेषा ठकुरी उर्फ ‘गीत’बीचको प्रेमकथा बोल्छ । गीतलाई पाउन प्रेमले गर्ने संघर्षलाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । फिल्मको लोकेशन भने  छ  ।
 ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायक प्रदीप खड्काले ‘प्रेमगीत २’ का लागि आफूले निकै मिहिनेत गरेको बताए । उनले भने, ‘प्रेमगीत २ गर्नुभन्दा अगाडि यस्तो दुःख पनि गर्नुपर्छ भन्ने लागेको थिएन तर काम गर्दै गएपछि निकै मिहिनेत गर्नु पर्‍यो । ‘प्रेमगीत २’ गर्नुभन्दा अगाडि यस्तो दु:ख हुन्छ भन्ने थाहा पाएको भए यो मबाट हुँदैन थियो होला ।’
रामशरण पाठक निर्देशित फिल्म आशुसेन फिल्म्सको ब्यानरमा बनेको हो। वर्ष २०७२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल ‘प्रेमगीत २’ मा प्रदीप र अश्लेषाका अलावा कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्ममा रेनेशा वान्तवा राईको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, कल्याण सिंह, एलिस कार्की र रोहित जोन क्षेत्रीको संगीत छ । फिल्ममा नेपालका ‘प्रेम’ र म्यान्मारकी नेपाली यूवती ‘गीत’ बीचको प्रेम र उनीको जीवनमा आउने अनेकौं ‘सुख दुःख’को पाटोलाई पर्दामा उतार्न खोजिएको निर्देशक पाठकले बताए । फिल्मको कथा निर्देशक पाठक आफैले लेखेका हुन् । यो फिल्म साउन १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।
 यस्तै, नायिका अश्लेषा ठकुरीले ‘प्रेमगीत २’ आफ्नो डेब्यू फिल्म भएपनि राम्रो काम गर्ने प्रयास गरेको बताइन् । फिल्ममा उनी म्यान्मारबाट नेपाल घुम्नका लागि आएकी हुन्छिन् र यस्तैमा उनी प्रदीप खड्का उर्फ ‘प्रेम’को मायाजालमा पर्छिन् । फिल्मलाई सन्तोष सेनले निर्माण गरेका छन्।

Leave a Reply

%d bloggers like this: