शुक्रवार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म ‘पशुपति प्रसाद’ को व्यवसायिक सफलतापछि टुकी आर्ट्स प्रा. लि.ले दीपेन्द्र के. खनाल प्रोडक्सनसँगको सहकार्यमा निर्माण गरेको दोस्रो फिल्म ‘धनपति’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका लिड कलाकार खगेन्द्र लामिछाने आफ्नी छोरीलाई बोर्डिङ स्कुलमा पढाउनका लागि गरेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
उनीसँगै फिल्ममा सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवी गिरी, कमल देवकोटा, प्रकाश घिमिरे लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
फिल्मको विषयमा बोल्दै निर्देशक दीपेन्द्र के खनालले अन्य फिल्म भन्दा ‘धनपति’ बनाउन निकै गाह्रो भएको बताए । उनले भने, ‘हुनत, खगेन्द्र लामिछानेसँग स्क्रिप्टमा बस्दा नै फिल्म बनाउन गाह्रो हुन्छ भन्ने कुरा भएको थियो तर स्पोटमा पुगेपछि त्यस्तो गाह्रो पनि होला भन्ने आँकलन गरेका रहेन छौं । झन मलाई त सिनेम्याटोग्राफरको पनि काम गर्नु पर्ने भएकाले निकै गाह्रो भएको थियो । तरपनि हामीले राम्रो फिल्म बनाउने प्रयास गरेका छौं ।’ असार २३ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा खगेन्द्र लामिछानेको लेखन र अभिनय रहेको छ ।
https://www.youtube.com/watch?v=80zKdSyEQok