Thu. Apr 25th, 2024

दर्शकहरुको बहुप्रतिक्षित  चलचित्र लाल्टिन जेठ २६ गतेबाट  अल नेपाल प्रदर्शनमा आउन लागेको छ  । उक्त चलचित्रको प्रोमोसनमा  लाल्टिन टिमकस्सिएर  लागेको छ , फिल प्रदर्शन नहुदै ट्रेलर र गित बाटै वाह वाह पाएको  फिल्ममा  दयाहाङ राईलाई डनको भूमिकामा देखाईएको बुझ्न सकिन्छ -भानु प्रतापको प्रस्तुतीमा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा दयाका साथै प्रियंका कार्की, केकी अधिकारी, अर्जुन जंग शाही, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, राम केशर बोगटी, जनक बर्तौला, भानु प्रताप लगाएतको अभिनय रहेको छ ।अहिले ‘चमेली’ बोलको आइटम गीतले बजारमा चर्चा पाईसकेको छ । ‘लालटिन’ मा संगीत किरण माइकल, धिरज पौडेल र किरण ढकालको छ, भने द्वन्द निर्देशन रोशन श्रेष्ठले गरेका छन् । हरिघले लामाले खिचेको फिल्मलाई अर्जुन जिसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।यो फिल्मले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ । दयाहाङ राई र प्रियंका कार्कीको लिड रोल रहेको फिल्म ‘लाल्टिन’ को ट्रेलरभने एकदमै सस्पेन्स बनाइएको छ फिल्मको कथा के होला भनेर दर्शकहरुलाई अनुमान गर्न उत्सुकता पैदा गरेको छ ।

Leave a Reply

%d bloggers like this: