Fri. Apr 19th, 2024
चलचित्र पत्रकार संघले आफ्नो १८ औं बार्षिक उत्सव मनाएको  छ,   नेपाल चलचित्र पत्रकार संघले चार चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार पनि वितरण गरेको छ ।  संघले डा. नवराज लम्साललाई चलचित्र पत्रकार सम्मान २०७४ प्रदान गर्यो भने पारस पौडेल र विजय सुवेदी (आवाज) लाई पत्रकारीता पुरस्कार २०७४ प्रदान गर्यो । त्यस्तै, महिला पत्रकार स्वेच्छा राउतलाई पत्रकार संघले एक थान ल्यापटपसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पत्रकार तथा साहित्यकार डा.नवराज लम्साल भने विशेष कामले नेपालभन्दा बाहिर भएका कारण उनको सम्मान श्रीमतीले ग्रहण गरिन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र हास्यकलाकार हरिवंश आचार्यले संयूक्त रुपमा सम्मानित तथा पुरस्कृत चार जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरे । पुरस्कृत पारस पौडेल र विजय आवाजलाई २१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस मनाएको हो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संघको एसोसिएन शाखा मध्यसक्रिय मानिएको चलचित्र पत्रकार संघले पत्रकारितको विकासका लागि पुरस्कार सम्मानसहित विभिन्न कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्ति गरे ।  त्यस्तै, हास्यकलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिताको विकास र विस्तारमा चलचित्र पत्रकारले पु¥याएको योगदानको चर्चा गरे ।कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले नेपाली चलचित्रको विकासमा चलचित्र पत्रकारको योगदानको चर्चा गर्दै संघ सधै पत्रकारहरुको हकहितका लागि तत्पर भएर लाग्ने बताए ।
कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर वोगटी लगायत विभिन्न चलचित्र सम्बन्धि संघ-संस्थाहरुबाट आएका व्यक्तिहरुले आफ्नो मन्तव्य राखेका थिए ।

Leave a Reply

%d bloggers like this: