Fri. Mar 29th, 2024

नेपालमा प्रदर्शन भएको लभस्टोरी फिल्म ‘लभ लभ लभ’ ले विदेश प्रदर्शन आरम्भ गर्ने भएको छ । नेपालमा दर्शक र समिक्षकहरुबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको यो फिल्मको पहिलो विदेश प्रदर्शन अष्ट्रेलियाको सिड्नीबाट हुन लागेको हो । जेष्ठ ६ गते सिड्नीको इभेन्ट सिनेमासमा ‘लभ लभ लभ’ प्रदर्शन हुँदैछ । यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डेको लभ स्टोरीलाई देखाइएको छ । रमेश बुढाथोकी, रुपा राना, सिपी पौडेल लगायतका कलाकारहरुको पनि अभिनय रहेको यो फिल्मलाई सुरेश राईले खिचेका हुन् । यो फिल्मको सिड्नी प्रिमियरका लागि जेष्ठ २ गते नेपालबाट निर्देशक दीपेन्द्र के. खनाल र कलाकार सुरज पाण्डे अष्ट्रेलिया प्रस्थान गर्नेछन् ।

Leave a Reply

%d bloggers like this: