Thu. Mar 28th, 2024

एकअर्काका दुश्मन मानिने नायिका रेखा थापा र नायक आर्यन सिग्देललाई दर्शकहरुले सात बर्षपछि एउटै फ्रेममा देख्न पाउने भएका छन् । पहिलो डेब्यू फिल्म नै आर्यनले रेखा थापासँग फिल्म ‘किस्मत’ गरेका थिए । त्यसपछि दर्शकहरुको यो प्रिय जोडी बन्यो । ‘किस्मत’ पछि आर्यन र रेखाले ‘हिफाजत’, ‘कसले चोर्यो मेरो मन’ फिल्ममा एकसाथ काम गरे । आजभन्दा सात बर्ष अगाडि रिलिज भएको ‘कसले चोर्यो मेरो मन’ पछि यो जोडीलाई दर्शकहरुले ठूलो पर्दामा हेर्न पाएका थिएनन् । यो फिल्मपछि बजारमा उनीहरुको सम्बन्ध विग्रिएको हल्ला खुबै चल्यो । यति मात्र होइन आर्यन र रेखाले एकअर्काको आलोचना गर्दै पनि हिँडे । अन्ततः सात बर्षपछि सबै दुश्मनी भुलेर रेखा र आर्यनले एउटै फिल्ममा काम गर्ने फाइनल भएको छ ।
फिल्ममा आर्यन ‘रुद्र’ र रेखाले ‘प्रिया’ को भूमिका निर्वाहा गर्नेछन् । विशेषत रेखा अभिनित फिल्ममा अन्य कलाकारहरु ओझेलमा पर्ने गर्छन । आफै हिरोको रुपमा पर्दामा उत्रिने रेखाले ‘रुद्रप्रिया’ मा आर्यन नै हिरो रहेको बताइन् । उनले अगाडि थप्दै भनिन्, ‘रुद्र प्रिया’ मा हामी दुवै हिरो हौं । फिल्ममा आर्यन ‘रुद्र’ र म ‘प्रिया’ को भूमिकामा देखिँदैछौं ।’ ‘रुद्र प्रिया’ लाई ‘माला’ फिल्मका निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्नेछन् । बर्ष २०७२ मा रिलिज भएको फिल्म ‘क्लासिक’ पछि बाहिरी ब्यानरका फिल्ममा काम नगर्ने घोषणा गरेका आर्यन जेष्ठ ४ गतेबाट फ्लोरमा जान लागेको रेखा थापाको होम प्रोडक्शनको फिल्म ‘रुद्र प्रिया’ मा लिड रोलमा फाइनल भएका छन् ।

Leave a Reply

%d bloggers like this: