Thu. Apr 18th, 2024

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को शुक्रवार औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाहको लिड रोल रहने फिल्ममा धिरज मगर, विवेक लिम्बू, शारुक ताम्राकार, सुनिशा बजगाइँ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । फिल्मकी कोरियोग्राफर रेनेशा वान्तवा राईले फिल्म निर्देशनमा डेब्यू गरेकि छन् l काठमाडौं र यूकेमा छायांकन हुने यो फिल्ममा साम्राज्ञी ‘मिन्टु’ र धिरज ‘इन्टु’ को भूमिकामा रहनेछन् । फिल्मको निर्माण घोषणा कार्यक्रममा बोल्दै रेनेशाले भनिन्, ‘फिल्म निर्देशन मेरो यो पहिलो भएपनि दर्शकहरुलाई निराश बनाउने छैन् । मेरो कोरियोग्राफीलाई जसरी आम दर्शकहरुले रुचाउनुभएको थियो त्यसरी नै फिल्मलाई पनि उत्कृष्ट बनाउने मेरो प्रयास रहनेछ ।’ रोमान्टिक ड्रामा बताइएको यो फिल्ममा साम्राज्ञीको अपोटिजमा धिरज मगर देखिँदैछन् । उनको यो डेब्यू फिल्म हो । धिरजले ‘इन्टु मिन्टु लण्डनमा’ को स्क्रिप्ट उत्कृष्ट रहेको र फिल्म पनि राम्रो बन्नेमा विश्वस्त रहेको बताए ।
प्रभु शमशेर जबरा र प्रज्जवल शम्सेर जबराको लगानी रहने फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘इन्टु मिन्टु लण्डनमा’ को स्क्रिप्ट निकै मनपरेका कारण काम गर्न लागेको बताइन् । फिल्मको छायांकन जुन १६ देखि अगष्ट ७ सम्म हुनेछ ।

Leave a Reply

%d bloggers like this: