Sat. Apr 20th, 2024

छुल्ठिम इन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको चलचित्र डायरीको “कस्तो हो यो ” बोलको गित सार्बजनिक भएको छ l बुध सुब्बा डिजिटल अनलाइन युट्युब च्यानेल द्वारा दर्शक माझ प्रस्तुत गरिएको उक्त गीतमा नायक सुनी सिंह र छुल्ठिम गुरुङको अभिनय रहेको छ l मनमोहक सुन्दर दृश्यमा छयांकन गरियको उक्त भिडियोमा नायक सुनीले “कस्तो हो यो माया भन्ने चिज” भन्दै नायिका छुल्ठिमसंग रोमान्स गरिरहेका छन्l स्वर सुगम पोख्रेल र राजीना रिमालको रहेको छ भने शब्द र संगीत स्वप्निल शर्माको रहेको छ l
छुल्ठिम गुरुङको निर्माण र अनिल योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘डायरी जेठ ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ। रिभेञ्ज लभ स्टोरीमा निर्माण भएको फिल्म ‘डायरी’मा डेब्यू सन्नी सिंह छुल्ठिमको अपोजिटमा देखिएका छन्। ‘डायरी’मा रेखा थापा पहिलो पटक खलपात्र, भिलेनको भूमिकामा रहेकी छन्।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त निर्माण रहेको ‘डायरी’को पोष्ट प्रोडक्शनको काम सकेर अहिले डायरी टिम प्रोमोसनको तयारीमा रहेको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।गीतसंगीत तथा ट्रेलरको हिसाबले फिल्मले दर्शक माझ आफ्नो पहिचान स्थापित गरिसकेको छ । शिवराम श्रेष्ठको छायांकन रहेको यस फिल्मलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

Leave a Reply

%d bloggers like this: