Fri. Apr 19th, 2024

निर्माता सुनिल रावल, अभिनेता सुशिल श्रेष्ठ र २ जना रंगपत्रकार जापान पुगेका छन्।जापानको राजधानी टोकियो स्थित नाकानो जिरो हलमा हुन गईरहेको ‘सायद २’ को बिशेष प्रिमिएर शोको लागि निर्माता रावल,अभिनेता श्रेष्ठ, पत्रकार सचित खड्का र श्याम अर्याल जापान पुगेका हुन् ।
जापानमा रहेका नेपाली दर्शकहरु माझ भब्य रुपमा बिशेष प्रदर्शनी शो यहि मे को १४ तारिखमा हुँदैछ ।‘सायद २’को सो बिशेष प्रदर्शनी शोमा जापानमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थिति हुनको लागि निर्माता सुनिल रावलले आग्रह गरेका छन् । जापानको दर्शकहरुको अत्याधिक माग भएकाले नेपालको रिलीज अगावै जापानमा बिशेष प्रदर्शनी शोको आयोजना गरिएको अर्का निर्माता इश्वोर श्रेष्ठ बताउँछन् ।साथै फिल्मले जापानको सो बिशेष प्रदर्शनी शोमा आउने सबै दर्शकहरुको मन जित्ने विश्वास समेत उनले ब्यक्त गरे । जापानको सो विशेष प्रर्दशनी शो बाट संकलित रकम मध्ये केही जापानमै रहेका सुदूर पश्चिमका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृतिको लागि सहयोग प्रदान गरिने पनि निर्माता श्रेष्ठले जानकारी गराए ।‘सायद २’ सायद फिल्मको दोस्रो सिक्वेलको रुपमा सुनिल रावलले निर्माण गरेका हुन् । फिल्मले पछिल्लो युवा पुस्ताको ताजा कथालाई पर्दामा प्रस्तुत गर्ने निर्माण पक्षको भनाई छ । साथै फिल्मले युवा पुस्ताको अहिलेको समस्या र समाधानको साथमा सबैलाई केहि गहकिलो सन्देश प्रदान गर्ने पनि निर्माण पक्षको दाबी छ ।फिल्म असार ३० गते देखि देशभर प्रदर्शनमा आउने छ l

Leave a Reply

%d bloggers like this: