Thu. Mar 28th, 2024

राजधानीमा सोमबार एक कार्यक्रमका बीच फिल्म’कारखाना’को ट्रेलर सार्वजनिक भएको छ।असार १६ गतेलाई प्रदर्शन मिति तय गरिएको उक्त फिल्ममा प्रेम, अवरोध र द्धन्द्धको रस मिसाइएको फिल्मको स्वाद पाउन सकिन्छ। ट्रेलरमा विशेषत फिल्मका दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम संघर्ष देख्न सकिन्छ । सुशिल र बर्षाका अलवा फिल्ममा नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै फिल्मकी लिड हिरोइन बर्षा सिवाकोटीले ‘कारखाना’ मा उठान गरेको कथावस्तु अहिलेसम्म दर्शकहरुले अन्य फिल्मबाट चाख्न नपाएको दावी गरिन् । निर्देशक अमरअदिप सापकोटाले फिल्ममा फरक कथावस्तु उठाएका कारण दर्शकहरुले मनपराउने बताए । फिल्मलार्इ सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन्। चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।फिल्म को प्रोमो ले दर्शकको मन जित्नेमा आफु ढुक्क भएको निर्माण पक्ष ले बताएका छन् l

Leave a Reply

%d bloggers like this: